राष्ट्रिय भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबल प्रतियोगिताः सेमिफाइनल समिकरण पूरा

फाइल फोटो

काठमाडौं । सुर्खेतमा जारी ३४ औं  पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

यसपटक समूह ‘ए’ बाट नेपाल एफिएफ र नेपाल पुलिस क्लब तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।  

वीरेन्द्रनगरस्थित खुल्लामंचको कोर्टमा मंगलबार चौथो तथा अन्तिम खेलमा कर्णाली प्रदेशलाई‌ ३(० ले हराउँदै गण्डकी समूह ‘बी’ को उप विजेता बन्यो ।

गण्डकीले खेल २५-२१,२५-२१, २५-२१ ले आफ्नो पक्षमा पारेको हो ।

गण्डकीले सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफको सामना गर्नेछ । अपराजित रहँदै समूह विजेता बनेको एपिएफले मंगलबारको पहिलो खेलमा बागमती प्रदेशलाई २५-७,२५-१८,२५-१३ ले हराएको थियो ।

यसैगरी अर्को सेमिफाइनलमा समूह ‘बी’ विजेता आर्मीले समूह ‘ए’ को विजेता पुलिसको समान गर्नेछ ।

मंगलबार नै सम्पन्न खेलमा आर्मीले मधेश प्रदेशलाई २५-२०, २५-१९,२५-१४ तथा पुलिसले कोशी प्रदेशलाई २५-१५,२५-१९, २५-११ ले निरास बनाएका थिए ।