अस्ट्रेलियन ओपन

सावालेन्का पहिलो पटक अस्ट्रेलियन ओपन च्याम्पियन

काठमाडौं । बोलारुसकी आर्यना सावालेन्का वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको च्याम्पियन बनेकी छन् ।

सावालेन्काले मेलबर्नमा शनिबार सम्पन्न महिला एकलतर्फको फाइनलमा काजकिस्तानकी इलिना रेबाकिनालाई २-१ को सेटमा पराजित गरेका हुन् ।

रोड लेभर एरिनमा पहिलो सेट ४-६ ले गुमाए पनि सावालेन्काले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट ६-३ र ६-४ ले आफ्नो पक्षमा परिन् ।

 एकलतर्फ सावालेन्काको यो पहिलो अस्ट्रेलियन ओपन तथा ग्रान्डस्लाम उपाधि हो । सावालेनकाले यसअघि  युगलतर्फ भने सन् २०१९ मा युएस ओपन तथा सन् २०२१ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । 

सेमिफाइनलमा सावालेन्काले पोल्यान्डकी  मेग्डा लिनेटलाई ७-६(७-१) र ६-२ तथा रेबाकिनाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाई ६-२ र ६-४ ले पराजित गरेका थिए ।