चेल्सी

गुस्टो अनुबन्ध नजिक चेल्सी

काठमाडौं  । चेल्सी फ्रेन्च लिग वानको क्लब लियोनका रक्षक मालो गुस्टो अनुबन्ध नजिक पुगेको छ ।

इङ्लिस प्रियिमय लिगको क्लब चेल्सी १९ वर्षीय गुस्टोका लागि २६.३ मिलियन पाउन्ड  तिर्न सहमत भएको छ। गुस्टाे अनुबन्धका लागि लागि चेल्सी र लियोनबीच सौद्धान्तीक सहमती पनि भईसकेको बताइएको छ ।

यदि सबै योजना अनुसार चलेको खण्डमा अबको केही दिनमा गुस्टो स्टामफोर्ड ब्रिज भित्रिने छन् । यो अनुबन्ध प्रक्रिया सफल भए गुस्टो यो जनवरी विन्डोमा चेल्सी भित्रने सातौ खेलाडी बन्नेछन् ।

यसअघि चेल्सीले बेनोइट बाडियाशिले, डेभिड डाट्रो फोफाना, जाओ फेलिक्स, एन्ड्रे सान्तोस, मिखाइलो मुड्रिक र नोनी माडुकेलाई अनुबन्ध गरेको थियो ।

फ्रेन्च यु-२१ टोलीका सदस्य गुस्टोलाई चेल्सीले रिस जेम्सको विकल्पका रुपमा हेरेको छ । जेम्स अहिले चोटका कारण मैदान बाहिछन् ।