फ्रेन्च ओपनमा जिदानसेकको पहिलो फाइनल यात्रा

पेरिस, (खेलाडी)- स्लोमेनियाकी टमारा जिदानसेकले फ्रान्सको पेरिसमा जारी फ्रेन्च ओपनको अन्तिम चारमा स्थान सुरक्षित गरेकी छिन् । 

स्पेनकी पाउला बाडोसालाई २-१ को सेटमा हराउँदै उनले सेमिफाइनलमा स्थान स्थान सुरक्षित गरेकी थिइन । 

फ्रान्समा यसअघि एउटै खेल जित्‍न नसकेकी जिदानसेकले यसपटक ३३औं वरियाताकी बाडोसालाई ७-५, ४-६, ८-६ को सेटमा हराउँदै सेमिफााइनलमा स्थान बनाएकी हुन् । 

२३ वर्षिया जिदानसेकले पहिलो चरणमै छैटौं वरियाताकी बियन्का आन्द्रेस्कुलाई हराएकी थिइन् । उनले अब रुसकी एनास्टासिया पाभ्लेयुचेन्कोभाविरुद्धको सेमिफाइनलबाट उपाधि भिडन्तको बाटो खोज्‍नेछिन ।