फ्रान्सको जितमा जिरौडको दुई गोल

पेरिस, (खेलाडी)- ओलिभर जिरौडको दुई र एन्टोनी ग्रिजम्यानको एक गोलमा फ्रान्सले मंगलबार मैत्रीपूर्ण खेलमा बुल्गेरियालाई ३-० ले हराएको छ ।

२९औं मिनेटमा गोल गर्दै ग्रिजम्यानले फ्रान्सलाई अग्रता दिलाएका थिए । अन्तिम ७ मिनेटमा दुई गोल थप्दै युरोपियन च्याम्पियनसिप युरो २०२० अघि फ्रान्सले मनोबल उच्च पारेको हो । ८३औं मिनेटमा जिरौडले फ्रान्सको अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जिरौडले फ्रान्सको सहज जित पक्का गरेका थिए ।

समुह ‘एफ’मा रहेको फ्रान्सले जुन १५ मा जर्मनीसँग खेल्नेछ भने दोस्रो खेलमा जुन १९ मा हंगेरी र जुन २३ मा पोर्चुगलको सामना गर्नेछ ।

त्यस्तै मंगलबार भएको अर्को खेलमा स्पेनले लुथानियालाई ४-० ले हराउँदा चेक गणतन्त्रले अल्बानिायालाई ३-१ ले पराजित गर्‍यो । यता पोल्यान्ड आइसल्यान्डबीतको खेल २-२ को बराबरीमा टुंगिँदा हंगेरी र आयरल्यान्डले गोलरहित बराबरी खेले ।