अस्ट्रेलियन ओपन

स्वायटेक अन्तिम आठमा

मेलबर्न । विश्व वरियताको नवौं स्थानकी इगा स्वायटेक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् ।

सोमबार मेलबर्न पार्कमा सम्पन्न चौथो चरणको खेलमा पोल्यान्डकी स्वायटेकले ३८औं स्थानकी सोराना क्रिस्टियालाई ५-७ ६-३ ६-३ को सेटमा पराजित गरिन् ।

सन् २०१९ देखि ग्रान्डस्लाम टेनिस खेल्न सुरु गरेकी स्वायटकेले सन् २०२० को फ्रेन्च ओपन जितेकी थिइन् । २० वर्षिय स्वायटेक गत वर्ष अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएकी थिइन् ।

स्वायटेकले तेस्रो चरणमा रुसकी डारिया क्यासात्किनालाई ६-२ ६-३ को सोझो सेटमा पराजित गरेकी थिइन् । त्यस्तै क्रिस्टियाले तेस्रो चरणमा रुसकै एनास्थासिया पाब्लुचेन्कोभालाई ६-३ २-६ ६-२ को सेटमा पराजित गरेकी थिइन् ।

सेमिफाइनल प्रवेशका लागि स्वायटकेले काया क्यानेपी र अरिना साबालेन्काबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।