अस्ट्रेलियन ओपन

सित्सिपास अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश

मेलबर्न । विश्व वरियताको चौथो स्थानका स्टेफानो सित्सिपास अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार मेलबर्न पार्कमा भएको चौथो चरणको खेलमा ग्रिसका सित्सिपासले अमेरिकाका टेलर फ्रिजलाई ४-६ ६-४ ४-६ ६-३ ६-४ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।

सित्सिपास गत सिजन ओपनको सेमिफाइनल पुगेका थिए । त्यस्तै उनले फ्रेन्च ओपनमा भने फाइनलसम्मको यात्रा तय गरेका थिए ।

सित्सिपासले सेमिफाइलन प्रवेशका लागि इटालिका ज्यानिक सिनरविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

सोमबारै भएको खेलमा सिनरले अस्ट्रेलियाका एलेक्स डे मिनाउरलाई ७-६ (७-३) ६-३ ६-४ को सेटमा पराजित गरेका थिए ।

सन् २०१९ देखि ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेका सिनर वरियताको १०औ. स्थानमा छन् ।