तेक्वान्दाे

दीलिप स्मृति तेक्वान्दो भोलिदेखि

काठमाडौं । दीलिप स्मृति प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिताको पाँचौं संस्करण शुक्रबारदेखि हुने भएको छ । दीलिप स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा विभिन्न जिल्ला, डोजाङ र स्कुलका १ सय ७१ खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्री खत्रीले जानकादरी दिएका छन् । पुरुषमा १२ र महिलामा ११ गरी १३ स्पर्धामा खेल हुनेछ ।

दुईदिने प्रतियोगिताका खेलहरू काभ्रेको रोसी गाउँपालिकास्थित नारायणटारमा हुने छ । गत चारै संस्करणको उपाधि दिलिप स्मृतिले जितेको थियो । काठमाडौं बाहिर पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।