ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

नेपाल टस हारेर फिल्डिङमा

मस्कट । आइसिसी ट्वान्टी २० विश्वकप ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानको लागि खेलमा घरेलु टोली ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेपछि ओमानका कप्तान जिसन मक्सुदले ब्याटिङ गर्ने निर्णय गरे ।

छनोटअन्तर्गत सेमिफाइनलमा पराजित भएपछि दुबै टोलीको अस्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको थियो । त्यसअघि नेपाल समूह ‘बी’ को विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइलन आएका थिए ।

सेमिफाइलनमा नेपाल सयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ रनले पराजित हुँदा ओमान आयरल्यानडलाई ५६ रनले नतिजा सुम्पिएको थियो ।

सेमिफाइनलमा जित निकालेसँगै युएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् । यी दुईले आजै उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।