ललितपुर मेयर वुमन्स च्याम्पियनसिप

प्रदेश १ ले लुम्बिनीलाई हरायो

काठमाडौं । ललितपुर मेयर वुमन्स ट्वान्टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा प्रदेश १ महिला टोलीले लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८० रनको लक्ष्य प्रदेश १ ले १५.१ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

प्रदेश १ की कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४८ रन बनाइन् । अविजित रहेकी रुविनाले ४९ बलमा सात चौका प्रहार गरिन् । यस्तै, ओपनर काजल श्रेष्ठले २० र अप्सरा बेगमले नौ रन लिइन् ।

लुम्बिनीकी कृतिका मरासिनीले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७९ रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीकी नेरी थापाले सर्वाधिक ३१ रन बनाइन् । यसबाहेक, लक्ष्मी चौधरीले २३ रन बनाइन् ।

प्रदेश १ की सबनम राईले तीन विकेट लिँदा रुविना र हेरमायी रोयले समान एक विकेट लिए ।