ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

ओमानले नेपाललाई दियो ८८ रनको लक्ष्य

मस्कट । आइसिसी ट्वान्टी २० विश्वकप छनोटअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा घरेलु टोली ओमानले नेपालसामू ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८७ रनको योगफल खडा गर्यो ।

ओमान कप्तान जिसन मक्सुदले सर्वाधिक २१ रन बनाए । उनले २८ बलमा तीन चौका प्रहार गरे । यस्तै, अयान खानले १६, नसिम खुसीले १५ र कलिमुल्लाहले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १३ रन मात्र खर्चिए । यसबाहेक, सागर ढकाल, कमलसिंह ऐरी, आरिफ शेख र अविनाश बोहराले समान एक विकेट लिए ।

छनोटको सेमिफाइलनमा पराजित भएपछि दुबै टोलीको विश्वकप सम्भावना समाप्त भएको थियो । सेमिफाइलनमा नेपाल सयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ र ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।

आयरल्यान्ड र ओमान पनि अहिले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । सेमिफाइनलमा जित निकालेसँगै दुबै टोली अस्ट्रेलियमा अक्टोबरदेखि सुरु हुने ट्वान्टी २० विश्वकपमा छनोट भइसकेका छन् ।