सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस

सम्झना कप टेबल टेनिसः होप्स र लान्फाङलाई स्वर्ण

काठमाडौं । होप्स टेबलटेनिस एकेडेमी ‘ए’ र चीनको लान्फाङ टेबल टेनिस एकेडेमीले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको टिम इभेन्टमा बिहीबार स्वर्ण जितेका छन् । होप्स ‘ए’ पुरुष तथा लान्फेङ महिलामा पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा होप्स ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३-० ले पराजित गर्यो । दुई विभागीय टोली नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लब तेश्रो भए ।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबल टेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा लान्फेङले होप्सलाई ३-२ ले हरायो । प्रहरी र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी तेश्रो बने ।