ललितपुर जिल्ला टेबल टेनिस संघ

ललितपुर जिल्ला टेबल टेनिस संघको अध्यक्षमा अवाले

पाटन। ललितपुर जिल्ला टेबल टेनिस संघको अध्यक्षमा आशिष अवाले चुनिएका छन् । सोमबार सम्पन्न साधारणसभाले अवालेको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको  हो ।

कार्यसमिति उपाध्यक्षमा राजीव जोशी, सचिवमा निकेनमान प्रधान र कोषाध्यक्षमा सुमन शाक्य छन् । यसैगरी सदस्यमा संघरत्न डंगोल, सन्जु अवाले र विक्रम श्रेष्ठ चुनिए ।