एफए कप

म्यानचेस्टर युनाइटेड चौथो चरणमा

काठमाडौं । घरेलु टोली विगन एथलेटिक्समाथि २-० को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

डिडब्ल्यु रंगशालामा सोमबार युनाइटेडलाई जित दिलाउन डिओगो डानिलो र ब्रुनो फर्नान्डेसले गोल गरे ।

खेलको २२ औं मिनेटमा डानिलोको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । उनले मार्कस रासफोर्डको पासलाई पोस्टको दिशा दिएका थिए ।

७४ औं मिनेटमा फर्नान्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई २ ० को जित दिलाए ।