चैत्र १७, २०८२ मंगलबार | ०५:४०:१०
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक

आइएसएफ जिम्नासाइडमा पदक विजेता नेपाली खेलाडी ।

बहराइन । आइएसएफ जिम्नासाइड समर गेम्समा नेपालले तीन स्वर्ण, एक रजत र तीन कांस्य गरि सात पदक जितेको छ ।

 पाँच खेलमा सहभागिता जनाएकाे नेपालले बक्सिङ र तेक्वान्दोबाट पदक जित्न सफल भयो । यी दुई खेलसहित नेपालले टेबलटेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाइ थ्री बास्केटबलमा भाग लिएको थियो । नेपालले बक्सिङमा समान दुई स्वर्ण र कांस्य तथा तेक्वान्दोमा समान एक स्वर्ण, रजत र कांस्य पदक हात पार्यो ।

बहराइनको मानामामा सम्पन्न प्रतियोगितामा बक्सिङको पुरुष ८० केजीमुनिमा नोर्बु थेन्डुप लामा र महिला ५४ केजीमुनिमा स्वस्तिका तिरुवाले स्वर्ण जिते । दुवैको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । बक्सिङकै पुरुष ४६ केजीमुनिमा रोहित जनाला र ८० केजीमुनिमा सूर्यान वैद्यले कांस्य पदक प्राप्त गरे । 

तेक्वान्दोका उज्ज्वल वाग्लेले पुरुष ६८ केजीमुनिमा स्वर्ण र पुरुष एकल पुम्सेमा रजत पदक जिते । यसैगरी निविता केसीले महिला एकल पुम्सेमा कांस्य पदक प्राप्त गरिन् ।

प्रत्येक २ वर्षको अन्तरालमा हुने यु-१८ उमेर समूहको आइएसएफ जिम्नासाइडको २०औं संस्करणमा नेपालबाट ३२ खेलाडी सहभागी थिए ।

प्रतियोगितामा ६९ राष्ट्रका २ हजार १ सय ७२ पुरुष तथा १ हजार ५ सय ४२ महिला गरी कुल ३ हजार ७ सय १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो