नेपाल क्रिकेट संघ

क्यानको महाप्रबन्धकमा ढुङ्गाना नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले  उत्सव ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको छ ।  क्यानले सोमबार ढुङ्गानालाई नयाँ महाप्रबन्धकमा नियुक्त गरिएको जानकारी दिएको हो । वृतान्त खनालले राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।

क्यानले महाप्रबन्धक नियुक्तिका लागि १५ दिने सुचना जारी गरेको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदमबहादुर खड्का र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष महाप्रबन्धक प्रा.गोविन्दराज पोखरेलसम्मिलित महाप्रबन्धक छनोट समिति गठन भएको थियो  ।

क्यान महाप्रबन्धका लागि खुला गरिएको आवेदनमा परेको ६१ दरर्खास्तमध्ये १४ लाई अन्तिम सूचीमा राखिएको थियो । अन्तिम सूचीमा परेकाको लिखित परिक्षा लिँदै र सात जनालाई अन्तरवार्ताका लागि बोलाइएको थियो । 

अन्तरवार्तामा दिएको प्रस्तुतीका आधारमा ढुङ्गानालाई महाप्रवन्धकमा छनोट गरिएको क्यानले जनाएको छ ।