एसिया प्यासिफिक भेट्रान टेबल टेनिस

भेट्रान टेबल टेनिसः मोहनदास क्वार्टरफाइनलमा

काठमाडौं । नेपालका मोहनदास बासुकला थाइल्यान्डको बैंककमा जारी १४ औं एसिया प्यासिफिक भेट्रान टेबल टेनिस प्रतियोगितामा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा मोहनले इन्डोनेसियाका खेलाडीलाई ३-० को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल पुगेका हुन् । आफ्नो समूहको पहिलो खेलमा भने मोहन थाइल्यान्डका खेलाडीसँग ३-१ ले स्तब्ध बनेका थिए । 

मोहनसहित ३ खेलाडी रहेको उक्त समूहमा इन्डोनेसियाका खेलाडी थाइल्यान्डका खेलाडीसँग पराजित मोहन उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरे ।