नखिपोट बास्केटबल प्रतियोगिता

नखिपोट बास्केटबल प्रतियोगिताः टाइम्स र आर्मी क्वार्टरफाइनलमा

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र नेपाल आर्मी दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भएको प्रतिस्पर्धामा टाइम्सले बूढानीलकण्ठलाई ८१-७१ ले पराजित गर्यो । टाइम्सको जितमा मनिष केसीले २३ अंक योगदान गरे । अमृत कोइरालाको २१ अंक सहयोगमा आर्मीले स्नोल्यान्डलाई १०५-४० ले  हरायो ।

समूह चरणकाअन्य खेलमा बलर्स एकेडेमी र ओभ्स हाउन्ड्सले जित निकाले । बलर्सले गोब्लिन्समाथि ७६-७३ को कठिन जित  निकाल्यो । बलर्सका साहिल गुरुङले २० स्कोर गरे । ओभ्सले आयोजक नखिपोट ‘बी’ लाई ७८-६० ले स्तब्ध बनायो । विजेताका सिमोन गुरुङले २९ अंक जोडे ।

बिहीबारदेखि महिलाको प्रतिस्पर्धा पनि सुरु हुनेछ । महिलतार्फ चार टोलीले लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष २ टोली उपाधिका लागि प्रतिस्र्धा गर्नेछन् ।