फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता

फेका कपः न्यु स्टार पोल सेमिफाइनलमा

काठमाडौं । न्यु स्टार पोल १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुलपानीमा भएको क्वार्टरफाइनलमा न्यु स्टारले एकलब्य शिक्षा सदनलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्धारा आयोजित प्रतियोगितामा हाइली क्रिएटिभ र अक्षरिका पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।

हाइलीले ब्रम्हकुञ्ज शिक्षा सदनलाई १-० ले हरायो । विजयी टोलीका लागि रिसुक स्थापितले निर्णायक गोल गरे । अक्षरिकाले प्रीतिमामाथि ५-१ को सहज जित दर्ता गर्यो ।

सेमिफाइनलमा अक्षरिकाले न्यु स्टार तथा हाइली क्रिएटिभले गेटवे एकेडेमीविरुद्ध खेल्नेछन् । सेमिफाइनल शुक्रबार हुनेछ ।