राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता

आर्मी फाइनलमा

काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले गोल्डेनगेटलाई १०५-६३ ले पराजित गर्यो । आर्मीका आयुश सिंह र निश्चल महर्जनले समान १९-१९ स्कोर गरे ।

चारै क्वार्टरमा आर्मीले अग्रता हासिल गर्यो । पहिलो क्वार्टरमा ३२-१५ को अग्रता लिएको आर्मीले अग्रतालाई निरन्तरता दिदै २४-१५, २८-१९ र २१-१४ स्कोर गर्यो ।