इङ्लिस प्रिमियर लिग

कासिमिरो युनाइटेडमा अनुबन्ध

लन्डन । इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडका मिडफिल्डर कासिमिरोलाई ७० मिलियन युरोमा अनुबन्ध गर्न सहमत भएको छ ।

स्वास्थ्य परिक्षणपछि युनाइटेडले उनीसँगको सम्झौताको बारेमा औपचारिक घोषणा गर्ने बताइएको छ । जारी सिजन युनाइटेडले अनुबन्ध गरेको कासिमिरो चौथो खेलाडी हुन् । यसअघि युनाइटेडले क्रिस्टियन इरिकसन, टेरेल मलासिया र लियोसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको थियो ।

रियालबाट कासिमिरोले ३ सय ३६ खेल खेलेका छन् । यसक्रममा उनले तीन पटक ला लिगा र पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । 

शुक्रबारसम्म क्लबमा अनुबन्ध नभइसकेकाले उनले सोमबार लिभरपुलविरुद्ध ओल्ड ट्राफोर्डमा हुने खेल भने गुमाउनेछन् । उनको आगमनमा युनाइटेडले आगामी खेलमा स्वभाविक लयमा फर्कने विश्वास लिएको छ । 

युनाइटेड अहिले ३० वर्ष यताकै सबै भन्दा खराब लयमा छ । दुई खेलको समाप्तीमा जित खाता खोल्न नसकेको युनाइटेड तालिकाको अन्तिम स्थानमा छ । पहिलो खेलमा ब्राइटोनलाई नतिजा सुम्पिएको युनाइटेडले दोस्रो खेलमा ब्रेन्टफोर्ड लज्जास्पद नतिजा सुम्पिएको थियो ।