राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता

ललितपुर हाइ फाइनलमा

काठमाडौं । ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।

आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आइएसए नेपाललाई ५०-२६ ले पराजित गर्यो। ललितपुरका ममता गुरुङ र अस्मिता थापाले समान १३-१३ अंक जोडे ।

ललितपुर एक खेल अगावै फाइनलमा पुगेको हो । आइएसए नेपालको लगातार दोश्रो पराजयसंगै आयोजक नखिपोट पनि फाइनलमा पुग्न सफल भयो । ४ टिम सहभागी राउन्ड रोविन लिगमा अब ललितपुर र नखिपोटको खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

पुरुषमा रोयलले कीर्तिपुरलाई ७७-६३ ले हरायो । रोयलका निकेश मगरले २६ स्कोर गरे । पहिलो क्वाटरमा १६-१० को अग्रता लिएको रोयलले अन्तिमसम्म अग्रतालाई कायम राख्यो । रोयलले दोश्रोमा २०-१४, तेश्रोमा १९-१८ र चौथोमा २२-२१ को प्रदर्शन गर्यो ।