आयशा शाक्य

आयशा लेभल टु पारा तेक्वान्दो प्रशिक्षक

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक कोर्स उत्तीर्ण गरेकी छन् ।

विश्व पारा तेक्वान्दोले अगष्ट १४ देखि १६ सम्म आयोजना गरेको १८औं विश्व पारा तेक्वान्दो कोच सर्टिफिकेसन अनलाइन कोर्स लेभल टु उत्तीर्ण गरेकी हुन् । यसअघि आयशाले सन् २०२० को अक्टोबरमा लेभल वान कोर्स उत्तीर्ण गरेकी थिइन् ।

आयशले अब आफ्नो ध्यान पारा तेक्वान्दो खेलाडी उत्पादनमा केन्द्रीत गर्ने बताउदै अवसर दिएकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिइन् ।