ओमेगा कप

ओमेगा सेमिफाइनलमा

काठमाडौं । आयोजक ओमेगा इन्टरनेसनल स्कुल तेश्रो ओमेगा एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । ओमेगाको ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा पुगेको हो ।

ब्वाइजमै कीर्तिपुर र नखिपोट पनि सेमिफाइनलमा पुगे । प्रतियोगिताको ब्वाइजतर्फ २० र गर्ल्समा ५ गरी २५ टिम सहभागी छन् । गर्ल्सको प्रतिस्पर्धा शुक्रबार मात्र हुनेछ ।

ब्वाइजमा पहिलो हुनेले १० हजार र दोश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् । गर्ल्सको विजेतालाई ७ हजार र उपविजेतालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । कुमारीपाटीस्थित आयोजककै कोर्टमा भइरहेको दुईदिने प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।