एसिया प्यासिफक एसइइ कप

एसिया प्यासिफिक प्रिक्वार्टरफाइनलमा

काठमाडौं । आयोजक एसिया प्यासिफिक ‘ए’ प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार धापासीस्थित घरेलु कोर्टमा एसिया प्यासिफिक ‘ए’ ले डिआर ममोरियललाई ९-५, लक्ष्मीपुर ‘बी’ लाई ९-५ र एन्जल्स हार्ट ‘बी’ लाई ९-७ ले पराजित गर्यो ।

अन्य खेलमा इन्साइट भिजन, एन्जल्स हार्ट ‘ए’, महामञ्जुश्री, सिनर्जी र एसिया प्यासिफिक ‘सी’ ले सफलता पाए ।

प्रतियोगिताको एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा २९ तथा गर्ल्समा १६ टिम सहभागी छन् । लिग कम नकआउट पद्दतीमा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।