यु २३ पुरुष बास्केटबल

कीर्तिपुर सेमिफाइनलमा

काठमाडौं । कीर्तिपुर राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु २३ पुरुष बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा शुक्रबार कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्यो । कीर्तिपुरका इनाप महर्जनले १२ अंक जोडे ।

टाइम्सले मेरिलियोनलाई ८७–५१, विशाल मिलन केन्द्र (बिएमके) ले आइएसए नेपाललाई ७७–६० र रोयलले जेभियरलाई १०३–६० ले हराए । टाइम्सका विजेश तामाङले २१, बिएमकेका दिप्सन केसीले १९ तथा रोयलका निकेश रखाल मगरले २७ स्कोर गरे ।