जेष्ठ १, २०८२ बुधबार | १७:२८:३४
‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै सेभियाको कठिन जित भारतसँग नेपालको हार पहिलो हाफमा नेपाल दुई गोलले पछि काठमाडौं लगातार दोस्रो पटक फाइनलमा ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै सेभियाको कठिन जित भारतसँग नेपालको हार पहिलो हाफमा नेपाल दुई गोलले पछि काठमाडौं लगातार दोस्रो पटक फाइनलमा

अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वस्त छुः एमाले नेता नेम्वाङ

तस्विरः सुवासचन्द्र नेम्वाङको फेसबुकबाट

काठमाडौं । पूर्व सभामुख तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन् ।

एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीका समर्थक हुन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै नेम्वाङले आफु मेसी र अर्जेन्टिनाको शुभचिन्तक रहेको र अर्जेन्टिनाले विश्वकप जित्ने विश्वास रहेको बताए ।

‘यो वर्ष अर्जेन्टिनाले, मेसीले विश्वकप फुटबल जित्छन् भन्ने मलाई विश्वास छ,’ नेम्वाङले भने ।

यस्तै उनले विश्वकप आफ्नो घरमा या सकेसम्म कतारमै पुगेर हेर्न सुझाएका छन् । ‘कतारमा चार महिनापछि हुने फुटबल तपाई हामी, आ–आफ्नो घरमा बसेर होस् या यहि बसेर होस् । सकिएछ भने कतार पुगेर होस्, हेरौला  ।’

उनले आफै अहिले खेल्ने अवस्थामा नरहेपनि राति उठेर युरोपेली लिग हेर्दै आएको बताउँदै हाल मेस्सी बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) गएकाले बार्सिलोना भन्दा पिएसजीको खेल हेर्न थालेको प्रतिक्रिया दिए ।

‘आजकाल आफै खेल्न नसक्ने भए पनि १२–१ बजे फुटबल हेर्छु । इङ्लिस प्रिमियर लिग, ला लिगा ।’

‘मेरो आजकाल सारै मनपर्ने खेलाडी पिएसजी गयो । पिएसजी पुगेको हुँनाले बार्सिलोनाको हेर्न छोडेको छु । अर्जेन्टिना र पिएसजीको खेल हेर्छु ।’ उनले भने ।

कतारमा आगामी नोभेम्बरमा हुने विश्वकपका लागि ३२ देशले छनोट पार गरिसकेका छन् । अर्जेन्टिनाले भने दक्षिण अमेरिकाबाट दोस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनायो ।  

यता, एसियाबाट ६ टिम सहभागी छन् । यस्तै, नेपाल भने दोस्रो चरणबाट माथि बढ्न सकेन ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP