बिएनए कप अन्तरविद्यालय बास्केटबल

ग्रिनल्यान्ड फाइनलमा

काठमाडौं । ग्रिनल्यान्ड पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा आइतबार फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा ग्रिनल्यान्डले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बिएनए) लाई २५–१३ ले पराजित गर्यो । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले १० अंक जोडिन् । भ्याली पब्लिक र एचएचसीएबीचको अर्को सेमिफाइनल सोमबार हुने छ ।

जुनियर ब्वाइजमा स्काइलार्कले आयोजक बिएनएलाई १३–७ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । स्काइलार्कका रोजश रायमाझीले ६ स्कोर गरे । सोही स्पर्धामा इडेन ब्रिज एकेडेमी (इबिए) ले स्किब्सलाई २८–१३ तथा ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २६–१४ ले पाखा लगाउदै क्वार्टरफाइनलमा स्थान बनाए । इबिएका एलेक्स राईले १० तथा ग्रिनल्यान्डका लक्की तामाङले ९ अंक बटुले ।

सिनियर ब्वाइजमा स्किब्सले नेपाल मोडेललाई ३७–२१ तथा बिएनएले ओडिसीलाई ४२–१९ ले निराश पार्दै क्वार्टरफाइनल यात्रा तय गरे । स्किब्सका युनिक लिम्बूले १४ तथा बिएनएका सन्देश खड्काले २४ अंक जोडे । अर्को लिग खेलमा हिमरश्मीले भद्रकालीमाथि १३–१० को कठिन जित दर्ता गर्यो । हिमरश्मीका विनोद लामाले १० स्कोर  गरे ।