हाइली एसइइ कप फुटबल

अर्किड र गोठाटारलाई उपाधि

काठमाडौं । अर्किड स्कुलले प्रथम हाइली एसइइ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ब्वाइजको फाइनलमा अर्किडले बाल गीताञ्जलीलाई २–० गोलले पराजित गर्दै उपाधि जित्यो । अर्किडका शितल कार्की र योगेश बिष्टले समान एक गोल गरे । शितल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगितामा अर्किडका अमन कार्की उत्कृष्ट गोलरक्षक तथा अर्किडकै दिल तामाङ उत्कृष्ट प्रशिक्षक चुनिएको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जानकारी दिए ।

गर्ल्समा गोठाटार इङलिस बोर्डिङ स्कुलले मानाङ्क चिल्ड्रेन प्याराडाइसलाई १–० गोलले फाइनलमा हराउँदै उपाधि जित्यो ।