वडा अध्यक्ष कप खुला भेट्रान फुटबल

फ्रिडम र ढोलाहिटी फाइनलमा

काठमाडौं । फ्रिडम ‘ए’ र ढोलाहिटी प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ ले किङ कम स्पोर्ट्स क्लबलाई १–० गोलले पराजित ग¥यो । फ्रिडमको जितमा राजकुमार घिसिङले निर्णायक गोल गरे । किङ कमका प्रताप शाक्य ‘म्यान अफ द म्याच’ घोषित भए ।

चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा ढोलाहिटीले बौद्ध भेट्रान ‘ए’ लाई ५–१ गोलले हरायो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ विजय गुरुङले ह्याट्रिक गरे । यसबाहेक, नितिन गुरुङ र सरोज थापाले समान एक गोल थपे । बौद्ध ‘ए’ का उमेश लामाले सान्त्वना गोल फर्काएका थिए ।

फाइनल मंगलबार हुनेछ । विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत चार विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजारबाट पुरस्कृत गरिने छ ।