फुटबल

ओलम्पिक दिवसमा कलाकारको फुटबल

काठमाडौं । ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार कलाकार टिमबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भयो ।

नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनद्वारा आयोजित फुटबलमा धीरेन शाक्य कप्तान रहेको टिमले सुनिल थापा नेतृत्वको टोलीलाई ५–३ गोलले हरायो ।

फुटबल आयोजनाका लागि चलचित्र कलाकार संघले समन्वय गरेको थियो । विजेतालाई कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।