बास्केटबल

जेभियरको सुखद सुरुआत

काठमाडौं । जेभियर इन्टरनेसनलले शुक्रबार फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

गोदावरी अल्मुनाई एसोसियसन (जिएए)द्धारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले नयाँ बजार, कीर्तिपुरलाई ३१–२४ ले पराजित गर्यो । जेभियरको जितमा भावना केसीले १४ अंक बनाइन् ।

पहिलो क्वार्टरमा २–१ को अग्रता लिएको जेभियर दोस्रो क्वार्टरमा १२–६ ले पछि परेको थियो । त्यसपछिको तेस्रो र चौथों सेटमा क्रमशः १६–७, ९–५ ले अंक जोड्दै जित पक्का पर्यो ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा चार टिमको सहभागिता छ । राउन्ड रोविनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।