रघुविन्द कार्की

राघवेन्द्रको फुटबल रहर

पारिवारिक कारण २०६३ सालमै व्यावसायिक खेलजीवनमा पूर्णविराम लगाएका एपिएफ क्लबका राघवेन्द्र कार्की ६ वर्षजति धनगढीमा यातायात व्यवसायतिर रमाए । तर, फुटबलप्रतिको मोह भने उनमा घटेको थिएन । २०६९ सालमा धनगढी रंगशालामा पहिलो महिला राष्ट्रिय लिग फुटबल भयो । त्यसमा उनले क्याटरिङको जिम्मेवारी पाए ।

उनी महिला फुटबलर उत्पादनतिर केन्द्रित भए । उनले सुनाए, ‘आफूले फुटबलमा केही न केही गर्नुपर्छ भन्ने सोच राखेर कोकाकोला अन्तरस्कुल फुटबलमार्फत खेलाडी छनोट गरी युथ क्लबमा प्रशिक्षणको व्यवस्था मिलाएँ ।’ ४० महिला खेलाडी छनोट गरिएको थियो । उनीहरूको प्रशिक्षणका लागि मनकामना क्लब, न्यु बुद्ध स्पोर्टस जस्ता क्लबसँग हातेमालो गरिएको उनले बताए ।

क्याटरिङको जिम्मा पाएर मैदान गएका कार्कीले दैनिक रूपमा आफ्ना पुराना सहकर्मी र प्रशिक्षकहरू भेट्न थाले । उनीहरूले कुनै न कुनै रूपमा उनलाई फुटबलमा फर्कन आग्रह गरे । त्यही आग्रह स्वीकार्दै उनले कुनै न कुनै हिसाबमा फुटबलमा पुनरागमन गर्ने निधो गरे । त्यसपछि उनी फुटबलको संस्थातिर तानिए । कैलाली जिल्ला फुटबल संघको निर्वाचनबाट उनी उपाध्यक्षमा निर्वाचित पनि भए ।

उनी महिला फुटबलर उत्पादनतिर केन्द्रित भए । उनले सुनाए, ‘आफूले फुटबलमा केही न केही गर्नुपर्छ भन्ने सोच राखेर कोकाकोला अन्तरस्कुल फुटबलमार्फत खेलाडी छनोट गरी युथ क्लबमा प्रशिक्षणको व्यवस्था मिलाएँ ।’ ४० महिला खेलाडी छनोट गरिएको थियो । उनीहरूको प्रशिक्षणका लागि मनकामना क्लब, न्यु बुद्ध स्पोर्टस जस्ता क्लबसँग हातेमालो गरिएको उनले बताए ।

प्रशिक्षणका आवश्यक सामग्रीहरू उनीहरू आफैंले व्यवस्था गरेका थिए । रौतहटमा सम्पन्न महिला लिग फुटबलमा आफ्नो टोलीको खेल हेरेपछि नेपाल पुलिस क्लबका प्रशिक्षक सञ्जिव जोशीले आफ्ना ३–४ खेलाडीलाई विभागमा पठाउन आग्रह गरेको उनले सुनाए ।

त्यतिबेला गोलकिपर उषा नाथ, रेबिका पाण्डे, सिर्जना सुनुवार, मोनिका पुलामी मगरलाई  पुलिसमा पठाएका थिए । उनीहरू चारले अहिले महिला लिगमा आफूलाई अब्बल साबित गर्दै आएका छन् । कार्कीले खुसी व्यक्त गर्दै भने, ‘त्यो नै हाम्रो सबैभन्दा ठूलो सफलता हो ।’

धनगढी टिम लिगको पहिलो चरण समाप्तिमा ४ जित र ३ हारको नतिजापछि १२ अंकसहित तेस्रो स्थानमा छ । यसक्रममा धनगढीले वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, ललितपुर महानगरसँगै विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । धनगढीले त्रिभुवन आर्मी क्लब, एपिएफ र विराटनगरसँगको खेल गुमाएको थियो ।

उनले अहिले पनि सुदूरपश्चिममा महिला फुटबलको विकासमा काम गरिरहेका छन् । उनकै प्रशिक्षणमा अहिले धनगढी उपमहानगरपालिकाले महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

धनगढी टिम लिगको पहिलो चरण समाप्तिमा ४ जित र ३ हारको नतिजापछि १२ अंकसहित तेस्रो स्थानमा छ । यसक्रममा धनगढीले वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, ललितपुर महानगरसँगै विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । धनगढीले त्रिभुवन आर्मी क्लब, एपिएफ र विराटनगरसँगको खेल गुमाएको थियो ।

जेठ पहिलो सातादेखि विराटनगरमा लिगको दोस्रो चरण सुरु हुने भनिए पनि अखिल नेपाल फुटबल संघले आधिकारिक रूपमा अहिलेसम्म मिति सार्वजनिक गरेको छैन ।

चितवनमा लिगको पहिलो चरण समाप्तिपछि धनगढी उपमहानगरका अधिकांश खेलाडी धनगढीमा सम्पन्न प्रथम राष्ट्रिय मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप प्रतियोगिता आयोजक बिवाईसी क्लबबाट खेलेका थिए । उनीहरूको प्रशिक्षण कार्कीले नै सम्हालेका थिए । उनको टोलीले सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । सेमिफाइनलमा बिवाईसी पुलिससँग पराजित भएको थियो ।

‘चितवनमा लिगको पहिलो चरण सकिएपछि पनि निरन्तर हामी प्रशिक्षणमै छौं,’ उनले भने, ‘यसबीच धनगढीमै महिला गोल्डकपको आयोजना हुने भएपछि खेलाडीले थप अनुभव लिन पाओस् भनेर खेलाडीहरू बिवाईसीमा पठाएका हौं । मैले नै यो टोलीको प्रशिक्षण सम्हालें । टोलीले सन्तोषजनक प्रदर्शन गर्यो । यसले खेलाडीलाई स्वाभाविक लय कायम राख्न सहयोग गर्यो ।’

उनले टोलीकी मुख्य स्ट्राइकर चन्द्रा भण्डारीको प्रदर्शन सबैभन्दा अब्बल रहेको सुनाए ।

धनगढीबाटै यू–१६ का ३–४ वटा प्रतियोगिता खेलेका छन् । त्यसपछि उनले सुदूरपश्चिमबाट नेपालगन्जमा सम्पन्न चौथो राष्ट्रिय खेलकुदका साथै काठमाडौंमा सम्पन्न पाँचांै राष्ट्रिय खेलकुदमा सहभागिता जनाए । एपिएफ क्लबले सहिद स्मारक ए डिभिजनमा सहभागिता जनाउने भन्दै विभिन्न जिल्लाबाट खेलाडी छनोट कार्यक्रम आयोजना ग¥यो । कार्की पनि एपिएफको ट्रायलमा गए । छानिए पनि । एपिएफले शीर्ष डिभिजनमा डेब्यु गर्दा कार्की टोलीका प्रमुख खेलाडी थिए ।

‘मैले जिल्लाका विभिन्न प्रतियोगिता र सुदूरपश्चिमबाट पनि थुप्रै प्रतियागिता खेलेको थिएँ । तर लिग खेल्ने सपना भने मेरा लागि निकै टाढाको विषय भइरहेको थियो,’ उनले विगत स्मरण गरे, ‘एपिएफमा छनोट भएसँगै मेरो शीर्ष लिग खेल्ने सपना साकार भयो  । पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न पाउँदाको अनुभन म शब्दमा वर्णन गर्न सक्दिनँ ।’

लामो समय खेल्ने रहर हुँदाहुँदै व्यावसायिक खेलजीवनलाई निरन्तरता दिन सकिएकोमा उनी दुखी छन् । भन्छन्, ‘लामो समय खेल्ने रहर थियो । विविध कारणले गर्दा सकिनँ, त्यसमा दुःख लाग्छ । तर अहिले महिला फुटबल विकासमा योगदान गर्न पाउँदा त्यसमै सन्तुष्टि मिलिरहेको छ ।’