लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

लामा टेन्डी शेर्पा बास्केटबल प्रतियोगिताः कास्की क्वार्टरफाइनलमा

काठमाडौं । कास्की बास्केटबल संघ आइतबार लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा समूह ‘बी’ को उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।

पुरुषतर्फको समूह चरणको पहिलो खेलमा कास्कीले बिएमकेलाई ९४–९२ को स्कोरमा पराजित गर्यो । कास्कीका लागि पुस्कल छन्त्यालले २१ अंकको योगदान गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सम्पन्न खेलको पहिलो क्वाटरमा २८–१७, दोस्रो क्वाटर २३–१३, तेस्रो क्वाटर २८–१८ र चौथों क्वाटरमा २६–१५ (१०–८) अंक बनाए ।

यसअघि समूह ‘ए’ को विजेताको रुपमा कीर्तिपुर नगरपालिका क्वार्टरफाइनल पुगिसकेको छ ।

समूह ‘बी’ को विजेताको रुपमा त्रिभुवन आर्मी क्लब र उपविजेता ड्रिम टिम, समूह ‘सी’ को विजेता टाइम्स बास्केटबल क्लब र उपविजेता रोयल बास्केटबल एकेडेमी तथा समूह ‘डी’ को विजेता गोल्डेनगेट कलेज र उपविजेता क्याम्पियन सोलो क्वार्टरफाइनलमा पुगिसकेका छन् ।

१३ टोलीको सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फका खेलहरु लिग कम नकआउटको आधारमा भइरहेको छ ।

यस्तै, प्रतियोगितामा महिलातर्फ पाँच टोलीका खेलहरु राउन्ड रोविन पद्दतिको आधारमा खेलहरु भइरहेका छन् ।

महिलातर्फको खेलमा आइतबार रुपन्देही बास्केटबल संघ । ललितपुर हाइबीच खेल हुँदैछ । आइतबार हुने पुरुषतर्फको अन्तिम खेलमा रोयल बास्केटबल र टाइम्सबीच खेल हुनेछ ।