सहिद स्मारक ‘ए’ डिभिजन लिग

मनाङविरुद्धको पहिलो हाफमा एनआरटीलाई अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १२औं चरणमा मनाङ मर्स्याङदी क्लबविरुद्ध न्युरोड टिम (एनआरटी) ले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २६औं मेशुके ओलामेउले गरेको गोलबाट एनआरटीले लिगको सर्वाधिक सफल टोलीविरुद्ध अग्रता बनाएको हो ।

सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ तालिकाको दोस्रो स्थानमा छ । ११औं चरणको खेल समाप्त हुँदासम्म मनाङले २० अंक जोडेको छ ।

यस्तै, ११ खेलबाट १७ अंक जोडेको एनआरटी पाँचौ स्थानमा छ । १२ खेलबाट ३२ अंक जोडेको मछिन्द्र तालिकाको शीर्ष स्थानमा छ । मछिन्द्रले यसअघि नै लिगको उपाधि जितिसकेको छ  ।

लिगको १२औं चरणअन्तर्गत आइतबारै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै जावलाखेल युथ क्लबले रेलिगेशन संकट टारेको थियो ।