नेपाल सुपर लिग

एनएसएलका मार्की खेलाडीमा २२ जना मनोनित

काठमाडौं । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) का मार्की खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टनिकट स्रोतले मार्की खेलाडीमा मनोनित २२ जनाको नाम तयार गरेको जानकारी दियो ।

स्रोतअनुसार आयोजकले नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीको सहयोगतमा मार्की खेलाडी घोषणा गरेको हो ।

यसअघि आयोजकले प्रतियोगिताको दोस्रो संस्करणमा स्पोर्टिङ इलामा मेची, झापा एफसी र विरगंज युनाइटेड गरी तीन टोली थपेको थियो ।

गत बैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।

प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।

मनोनित खेलाडी सुची –
किरण चेम्जोङ,
अन्जन बिष्ट,
विशाल राई,
विकेश कुथु,
नवयुग श्रेष्ठ,
विशाल श्रेष्ठ,
रजिन धिमाल, 
अभिषेक रिजाल,
अनन्त तामाङ,
सुजल श्रेष्ठ,
रोहित चन्द,
विमल घर्तीमगर,
दीनेश राजवंशी,
तेज तामाङ,
सुनिल बल,
मनिष डांगी, 
पुजन उपरकोटी,
सुमन अर्याल,
जगजित श्रेष्ठ,
विक्रम लामा, 
सुनिल लामा,
देवेन्द्र तामाङ