मोटर स्पोर्ट्स

मोटर स्पोर्ट्सको प्रोमो सार्वजनिक

काठमाडौं । नेपाल अटोमाबाईल्स एसोशिएसन (नासा)ले आफ्ना खेल ईभेन्टका लागि प्रोमो सार्वजनिक गरेको छ । हालै काठमाडौंमा भएको कार्यसमिति, विभागीय समिति तथा सचिवालयले बृहत्त छलफलपछि विभिन्न ईभेन्ट पारित गरी प्रोमो र क्यालेण्डर समेत सार्वजनिक गरेको हो ।

चालु अंग्रेजी वर्ष २०२२ र नेपाली आव ०७८/७९ र ०७९/८० का लागि समेत राष्ट्रिय–अन्तराष्ट्रिय सहभागिता, आयोजना तथा आवद्धता गरी तीनै प्रकारका स्पोर्टस् ईभेन्ट समावेश गरिएको छ ।

नासा मोटर, मोटर साईक्लिङ स्पोर्टस, अटोमोबाईल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टिको क्षेत्रमा विगत १२ वर्ष देखि सक्रिय छ । जसमा, नेपाली युवा माझमा लोकप्रिय मोटरसाईकल रेसिङ रेसमान्डु, मोटरसाइकलकै अफरोड रेसिङ ईभेन्ट क्रसमान्डु, नेपाल रोड रेस च्याम्पियनसिप जस्ता इभेन्ट छन् ।

त्यसैगरी महिला राइडरहरूमाझ लोकप्रिय ईभेन्ट रेसिनरी ट्यालेन्ट ट्रफी लगायत करिब एक दर्जन इभेन्टका लागि लोागो सार्वजनिक गरिएको हो । नासा नेपालकै पहिलो मोटरिङ ईभेन्ट सिन्सियर सिटिजन्स मोटर र्यायाली यो वर्षदेखि टुरमान्डुको नाममा आयोजना हुने एसोसिएसनले बताएको छ ।