समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता

यु-१९ राष्ट्रिय बास्केटबलः पुरुषतर्फको सेमीफाइनल समिकरण पूरा

काठमाडौं । सिसीआरसी समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगितासमृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । 

आइतबार आ-आफ्नो खेलमा जित हात पार्दै सिसीआरसी, गोल्डेन गेट, बूढानीलकण्ठ र टाइम्सले अन्तिम चारमा स्थान सुरक्षित गरे ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सिसीआरसीले कीर्तिपुरलाई ७८-७४, गोल्डेन गेटले स्नोल्यान्डलाई ८६-५५, बूढानीलकण्ठले ग्रिनफिल्डलाई १००-८३ र टाइम्सले आईएसए नेपाललाई ७५-५५ ले पराजित गरे ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्धारा आयोजित प्रतियोगिताको गर्ल्सको उपाधिका लागि बूढानीलकण्ठ र आइएसए नेपाल भिड्ने भएका छन् ।