समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता

यु-१९ राष्ट्रिय बास्केटबलः आइएसए नेपाल विजयी

काठमाडौं । आइएसए नेपालले समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ बिहिबार जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइएसएले जेभियर इन्टरनेसनल कलेजलाई ४२-२६ स्तब्ध बनायो । विजेता टोलीका लागि सन्ध्या डंगोलले १६ अंक जोडिन्  ।

यसैगरी पुरुषतर्फ बूढानीलकण्ठ बास्केटबल क्लबले काभ्रे एकेडेमीलाई ७९-६५ ले पराजित गर्यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७ स्कोर गरे ।

पुरुषमै गोल्डेन गेटले समृद्धिलाई ८९-३७, सिसीआरसीले ह्वाइटहाउसलाई ६८-५४, टाइम्सले रोयल्सलाई ७७-५५ र ग्रिनफिल्डले बौद्ध युथ क्लबलाई ८८-७३ ले हराए । गोल्डेन गेटका उर्गेन लामाले २०, सिसीआरसीका प्रनिशले १२, टाइम्सका सिमोनले २८ र ग्रिनफिल्डका अमृतले २२ अंक जोडे ।