नखिपोट बास्केटबल

नखिपोट बास्केटबलः गोल्डेनगेट विजयी

नखिपोट बास्केटबलको महिलातर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । गोल्डेनगेटले दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार जित निकालेको छ । गोल्डेनगेटले कीर्तिपुर ‘बी’ लाई ९४-३०ले पराजित गरेको हो । गोल्डेनगेटका प्रज्ज्वल महर्जनले १९ अंक जोडे ।

पुरुषमै बलर्स एकेडेमीले आयोजक नखिपोट युथ क्लब ‘बी’ लाई ८४-७८ तथा कीर्तिपुर ‘ए’ ले टाइमआउटलाई ९८-६४ ले हराए । बलर्सका साहिल तमुले २३ तथा कीर्तिपुर ‘ए’ का जयदीपले ३६ स्कोर गरे ।

महिलामा बूढानीलकण्ठले कीर्तिपुरमाथि ५८-४० को जित दर्ता गर्याे । बूढानीलकण्ठकी रिन्चेन मोक्तानले १८ अंक जोडिन् ।