केल्भिन किप्टम

विश्व कीर्तिमानधारी धावक किप्टमको निधन

काडमाडौं । पुरुष म्याराथनमा विश्व कीर्तिमानधारी केन्याली धावक केल्भिन किप्टमको सडक दुर्घटनामा निधन भएको छ ।

बिबीसीका अनुसार उनको प्रशिक्षक जेर्भाइस हकिजिमानासँगै पश्चिम केन्यामा आइतबार भएको दुर्घटनामा मृत्यु भएको हो ।

आइतबार केन्याको रातको ११ बजे दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार किप्टमले चलाएको गाडी ‘नियन्त्रण गुमाएर ढल छेउमा खसेको  थियो । दुवैको घटनास्थलमै निधन भएको हो ।

गत अक्टोबरमा भएको सिकागो म्याराथनमा किप्टमले २ घण्टा ३५ सेकेन्डमा दौड पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । 

किप्टमले आफ्नै देशका एलिउड किप्चोगेको कीर्तिमान तोडेका थिए । किप्चोगे र किप्टम दुवै  पेरिस २०२४ ओलम्पिकका लागि केन्याको प्रारम्भिक टोलीमा थिए ।