माघ ३, २०८२ शनिबार | १२:४४:५१
विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै

आर्मीका सञ्जय च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठ दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको च्याम्पियन बनेका छन् ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी पार गर्न सञ्जयले १ घण्टा ४ मिनेट ४७ सेकेन्ड लगाए ।

विजेता सञ्जयले ६० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

१ घण्टा ६ मिनेट ३३ सेकेन्डका साथ आर्मीका किरण बोगटी दोस्रो र १ घण्टा ९ मिनेट २९ सकेन्डको समय निकाल्दै आर्मीका रामाजी बस्नेत तेस्रो भए ।

किरणले ३० हजार तथा रामाजीले २० हजार रुपैयाँका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

एपिएफका खिमबहादुर खत्री १ घण्टा ९ मिनेट ४९ सेकेन्डको समय निकाल्दै चौँथो र आर्मीका प्रताप खड्का १ घण्टा १० मिनेट ४१ सेकेन्डका साथ पाँचौं भए ।

चौँथो र पाँचौंले क्रमशः १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । 

१० किलोमिटर खुला पुरूष दौडमा आर्मीका श्रीकश राई विजेता, सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजित कुमार यादव तेस्रो,  सोही कलेजका दिनेश बोगटी चौँथो र एपिएफका राजेन्द्र तामाङ पाँचौं स्थानमा रहे ।

१० किलोमिटर महिला दौडमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने नेपाल पुलिसकी राममाया बुढा र आर्मीकी र्सिजना पाण्डे शीर्ष तीनमा रहे । एपिएफकी पुष्पा भण्डारी चौँथो र एपिएफकै आशा राउत पाँचौं भए ।

दुवैतर्फको शीर्ष पाँचमा रहनेले क्रमाशः ३० हजार, २० हजार, १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाए ।

भेट्रान्स ५ किलोमिटरमा काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भए । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

विद्यालय छात्रतर्फ ५ किलोमिटर कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की, कुमुदिनी होम्सका कृष्ण परियार, भद्रकाली माविका गंगा गुरुङ, सोही विद्यालयका इमबहादुर गुरुङ र छोरेपाटन माविका तेञ्जोन रोका शीर्ष पाँचमा रहे ।

छात्रातर्फ रेन्बो एकेडेमीकी सर्मिला विक, कालिका माविकी स्वीकृति कार्की,  छोरेपाटन माविकी नारायणी भण्डारी, छोरेपाटनकै विष्णु थापा चौँथो र गौरीशंकर माविकी कविता मगर पहिलो देखि पाँचौं स्थानमा रहे ।

५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेतालेशीर्ष पाँचमा रहनेले क्रमशः१५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गरे ।

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चेतनाथ चालिसेले पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरेका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । प्रथम संस्करणमा पनि उनी नै पोखरा च्याम्पियन बनेका थिए ।

विजेतालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा-१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताका ६ वटा विधामा गरेर ४००भन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए । प्रतियोगितामा कास्की जिल्ला एथ्लेटिक्स संघले प्राविधिक सहयोग गरेको थियो ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate