चैत्र ११, २०८२ बुधबार | ०९:२७:३४
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

आर्मीका सञ्जय च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठ दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको च्याम्पियन बनेका छन् ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी पार गर्न सञ्जयले १ घण्टा ४ मिनेट ४७ सेकेन्ड लगाए ।

विजेता सञ्जयले ६० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

१ घण्टा ६ मिनेट ३३ सेकेन्डका साथ आर्मीका किरण बोगटी दोस्रो र १ घण्टा ९ मिनेट २९ सकेन्डको समय निकाल्दै आर्मीका रामाजी बस्नेत तेस्रो भए ।

किरणले ३० हजार तथा रामाजीले २० हजार रुपैयाँका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

एपिएफका खिमबहादुर खत्री १ घण्टा ९ मिनेट ४९ सेकेन्डको समय निकाल्दै चौँथो र आर्मीका प्रताप खड्का १ घण्टा १० मिनेट ४१ सेकेन्डका साथ पाँचौं भए ।

चौँथो र पाँचौंले क्रमशः १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । 

१० किलोमिटर खुला पुरूष दौडमा आर्मीका श्रीकश राई विजेता, सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजित कुमार यादव तेस्रो,  सोही कलेजका दिनेश बोगटी चौँथो र एपिएफका राजेन्द्र तामाङ पाँचौं स्थानमा रहे ।

१० किलोमिटर महिला दौडमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने नेपाल पुलिसकी राममाया बुढा र आर्मीकी र्सिजना पाण्डे शीर्ष तीनमा रहे । एपिएफकी पुष्पा भण्डारी चौँथो र एपिएफकै आशा राउत पाँचौं भए ।

दुवैतर्फको शीर्ष पाँचमा रहनेले क्रमाशः ३० हजार, २० हजार, १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाए ।

भेट्रान्स ५ किलोमिटरमा काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भए । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

विद्यालय छात्रतर्फ ५ किलोमिटर कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की, कुमुदिनी होम्सका कृष्ण परियार, भद्रकाली माविका गंगा गुरुङ, सोही विद्यालयका इमबहादुर गुरुङ र छोरेपाटन माविका तेञ्जोन रोका शीर्ष पाँचमा रहे ।

छात्रातर्फ रेन्बो एकेडेमीकी सर्मिला विक, कालिका माविकी स्वीकृति कार्की,  छोरेपाटन माविकी नारायणी भण्डारी, छोरेपाटनकै विष्णु थापा चौँथो र गौरीशंकर माविकी कविता मगर पहिलो देखि पाँचौं स्थानमा रहे ।

५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेतालेशीर्ष पाँचमा रहनेले क्रमशः१५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गरे ।

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चेतनाथ चालिसेले पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरेका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । प्रथम संस्करणमा पनि उनी नै पोखरा च्याम्पियन बनेका थिए ।

विजेतालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा-१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताका ६ वटा विधामा गरेर ४००भन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए । प्रतियोगितामा कास्की जिल्ला एथ्लेटिक्स संघले प्राविधिक सहयोग गरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो