माघ ५, २०८२ सोमबार | २१:४२:२६
पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन

आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार तीन नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दैराष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।

आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् । प्रतियोयगिता स्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरुप नगद पनि प्रदान गरेका थिए । बागमती प्रदेशका विशाल गुरुङ रजत तथा लुम्बिनी प्रदेशका विजय थारु कांस्य पदक जिते ।

सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारुले १०.५७ मिटर जम्प गर्दै स्वर्ण चुमिन् । सुदूरपश्चिमकी रेनुका ऐरले रजत तथा बागमतीकी अपेक्षा महतोले कांस्य पदक हात पारे ।

 छात्रा ३००० मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक प्राप्त गरिन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् । लुम्बिनीकी गुञ्जा यादवले रजत तथा कर्णाली प्रदेशकी कल्पना बुढाले कास्य पदक जिते ।

उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए । बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कांस्य हात पारे ।

छात्रा ४ गुणा ४०० मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानसहित स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनीले रजत तथा सुदूरपश्चिमले कांस्य पदक पाए ।

सोही स्पर्धाको छात्रमा सुदूरपश्चिमले स्वर्ण, मधेशले रजत र बागमतीले कांस्य पदक हात पारे ।

एथलेटिक्समा जम्मा पाँच जुनियर राष्ट्रिय कीर्तिमान बने । पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । दोश्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् ।

 बिहीबारै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकालले स्वर्ण जिते । उनले १२.९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विकले रजत तथा लुम्बिनीका सुराज थापा कांस्य पदक हात पारे ।

सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बमले १०.५७ मिटर टाढा फाल्दै स्वर्ण चुमिन् । सुदूरपश्चिमकै पूजा साउदले रजत तथा बागमतीकी एलिना विकले कांस्य पदक प्राप्त गरे ।

छात्रको २०० मिटर दौडमा मधेशका आदेशकुमार यादवले स्वर्ण प्राप्त गरे । उनले २२.८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहराले  रजत तथा तथा बागमतीका सन्तबहादुर दराईले कांस्य पदक जिते

उक्त स्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत तथा गण्डकीकी एन्जल अधिकारीले कांस्य पदक हात पारे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate