चैत्र १८, २०८२ बुधबार | ११:५४:२९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बादल र सरितालाई स्वर्ण

बादल कार्की

काठमाडौं ।  गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत एथलेटिक्सको ८०० मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् ।

बादल छात्र तथा सरिता छात्रामा पहिलो भए । दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो । यसअघि मंगलबार दुवैले ४०० मटर दौडमा पनि स्वर्ण जितेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बादलले निर्धारित दूरी तय गर्न २ मिनेट ०५.५५ सेकेन्ड समय खर्चिए । सुदूरपश्चिम प्रदेशका विक्रम विष्टले रजत तथा कर्णाली प्रदेशका प्रकाश बुढा कांस्य पदक जिते ।

सरिताले २ मिनेट २८.५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । कर्णालीकै भावना कर्सालले रजत तथा लुम्बिनी प्रदेशकी अनिशा थारु कांस्य पदक हात पारे ।

ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका सुकवीर पोखरेलले स्वर्ण चुमे । उनले ५२.१६ मिटर टाढा फाले । लुम्बिनीका राहुल थारुले रजत तथा रवि चौधरीले कांस्य पदक प्राप्त गरे ।  

सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता विकले स्वर्ण जितिन् । सरिताले ३१.५४ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी दिब्याकला थारुले कांस्य पदक हात पारे ।

छात्र लङजम्पमा लुम्बिनीका रमेश थारुले ६.६४ मिटर जम्प गर्दैै स्वर्ण हात पारे । सुदूरपश्चिमका सन्नी चौधरीले रजत तथा आशिष महरले कांस्य पदक जिते  । सोही स्पर्धाको छात्रामा बागमती प्रदेशकी प्रनिशा महतोले ४.९५ मिटर जम्प गर्दै स्वर्ण चुमिन्। गण्डकीकी निशा घर्तीले रजत तथा सुदूरपश्चिमकी रेनुका ऐरले कांस्य पदक प्राप्त गरे ।

छात्र÷छात्राको ४ गुणा १०० मिटर रिलेमा बागमतीबागमतीले स्वर्ण जित्यो  । छात्रमा मधेश प्रदेशले रजत तथा सुदूरपश्चिम कांस्य पदक पाए । छात्रामा गण्डकी रजत तथा सुदूरपश्चिम कांस्य पदक जिते ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो