नेपाली क्रिकेट

लगातार तेस्रो जितको दाउमा नेपाल

काठमाडौं । एसिसी महिला प्रिमियर कपको आफ्नो तेस्रो खेलमा आज नेपालले कमजोर माल्दिभ्सको सामना गर्दैछ ।

मलेसियाको क्वालालाम्पुरमा हुने समूह ‘डी’ को खेल बिहान ११ः१५ मा सुरु हुनेछ ।

इन्दू बर्माको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । पहिलाे खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

 यी दुईबीच सन् २०१९ मा भएका दुई भेटमा दुवै खेल नेपालले १० विकेटले आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगितामा माल्दिभ्स भने लगातार दुई खेल हारेर बाहिरिसकेको छ । पहिलो खेलमा भुटानसँग ९४ रन र दोस्रो खेलमा हङकङसँग १७२ रनले पराजित भएको थियो ।