इटालियन सिरी ए

घरमै हार्याे युभेन्ट्स

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा बलियो टोली युभेट्स उडिनेससँग १–० ले पराजित भएको छ ।

घरेलु मैदानमा पराजित भएसँगै युभेन्ट्सले शीर्ष स्थानको इन्टर मिलानसँग अंक दूरी घटाउने अवसर गुमाएको छ ।

युभेन्ट्स २४ खेलबाट ५३ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको इन्टर ६० अंकसहित शीर्ष स्थानमा छ । २२ अंक जोडेको उडिनेश १५औं स्थानमा उक्लियो ।

एलिएन्ज रंगशालामा भ्रमणकारी टोलीले खेलको पहिलो हाफमै गोल गरेको थियो । लौटारो गिनेटीले २५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।