एसिसी महिला प्रिमियर कप

माल्दिभ्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसिसी महिला प्रिमियर कपको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा नेपालकी कप्तान इन्दू बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको नेपाल माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

लगातार दोस्रो हारसँगै क्वार्टरफाइनल दौडबाट बाहिरिसकेको माल्दिभ्स पनि जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ। यसअघि माल्दिभ्सले भुटानसँग ९४ र हङकङसँग १७२ रनको पराजय ब्यहोरेको थियो ।

 यी दुईबीच सन् २०१९ मा भएका दुई भेटमा दुवै खेल नेपालले १० विकेटले आफ्नो पक्षमा पारेको थियो ।