रियाल सोसिडाड

कुबोले गरे सोसिडाडसँगकाे सम्झौता नवीकरण

काठमाडौं । जापानी विंगर टाकेफुसा कुबोले स्पेनिस क्लब रियाल सोसिडाडसँगको सम्झौता नवीकरण गरेका छन् ।

सोसिडाडसँग उनको सम्झौता सन् २०२७ सम्म थियो । नयाँ सम्झौताअनुसार उनी सन् २०२९ सम्म क्लबमै रहनेछन् ।

कुबोले सोसिडाडका लागि ५४ स्पेनिस ला लिगा खेलमा १५ गोल गरेका छन् । कुबो सन् २०२२ मा अर्को स्पेनिस क्लब रियाल मड्रिडबाट सोसिडाड भित्रिएका थिए ।

सन् २०१९ मा एफसी टाेकियोबाट रियाल भित्रिएको कुबोले क्लबका लागि लिगमा एक खेल पनि खेल्न पाएनन् । रियालमा रहँदा उनले मार्लोका र भिल्लारियालका लागि लोनमा खेलेका थिए ।