एसिसी महिला प्रिमियर कप

माल्दिभ्सविरुद्ध रुबिनाकाे सतक

काठमामाडाैं । रुबिना क्षेत्रीले एसिसी महिला प्रिमियर कपमा माल्दिभ्सविरुद्ध सतक प्रहार गरेकी छन् ।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रुबिनाले ५४ बलमा १० चौका र तीन छक्काको मद्दतले सतक प्रहार गरेकी हुन् । यससँगै रुबिना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा सतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेकी छन् ।

उनलाई पूजा महतोले ३९ रन बनाएर साथ दिइरहेकी छन् ।