एपिएफ क्लब

सावित्रा र एन्जिलासहित एपिएफका १६ खेलाडी बढुवा

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ क्लबका १६ खेलाडी बढुवा भएका छन् ।

२२औं सशस्त्र प्रहरी दिवसको अवसरमा खेलुकद क्षेत्रमा रहेका १६ खेलाडी सहायक हवल्दारमा बढुवा भएको एपिएफले जनाएको छ ।

बढुवा हुनेमा फुटबलतर्फ सात, भलिबल चार जना तथा ट्रायथोलन, जुडो, उसु, क्रिकेट र एथलेटिक्सका एक–एक खेलाडी छन् ।

फुटबलतर्फ अनिता बस्नेत, हिराकुमारी भुजेल, सावित्रा भण्डारी, रेनुका नगरकोटे, एन्जिला तुम्बापो सुब्बा, टोपबहादुर बिष्ट र नविन लामा छन् । अनिता, हिरा, सावित्रा, रेनुका र एन्जिला राष्ट्रिय महिला फुटबल टोलीमा सदस्य हुन् ।

भलिबलतर्फ रेश्मा भण्डारी, सरस्वती चौधरी, उषाकुमारी बिष्ट र नेविका चौधरी छन् ।

यसैगरी ट्रायथोलतर्फ सोनी गुरुङ, जुडोतर्फ देबिका खड्का, उसुमा मंगलप्रसाद थारु, क्रिकेटमा सिताराना मगर र एथलेटिन्सतर्फ शिवराज पार्की रहेका छन् ।